बागमती


बागमतीका १२ जिल्लामा एमाले प्रतिनिधि छनोट, सिन्धुलीमा चयन हुन सकेन

बागमतीका १२ जिल्लामा एमाले प्रतिनिधि छनोट, सिन्धुलीमा चयन हुन सकेन

सुनिता विष्ट
मंसिर १४, २०८२ आइतबार १९:४१, हेटौँडा

एमालेको ११ औँ महाधिवेशनका लागि बागमती प्रदेशको १३ जिल्लामध्ये १२ जिल्लाबाट प्रतिनिधि छनोट भएका छन्। सिन्धुलीमा भने प्रतिनिधि छनोट प्रक्रिया सकिएको छैन।

काठमाडौँ, मकवानपुर, ललितपुर र सिन्धुपाल्चोकमा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनोट गरिएको एमाले बागमती प्रदेशकी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन्। 

त्यसबाहेक धादिङ, रसुवा, नुवाकोट, काभ्रे, दोलखा, चितवन, भक्तपुर र रामेछापमा सर्वसम्मतीमा प्रतिनिधि छनोट भएका छन्। 

काठमाडौँ
१० वटा क्षेत्र रहेको काठमाडौँको सबै क्षेत्रमा निर्वाचन प्रक्रियाबाटै प्रतिनिधि टुंगो लगाइएको हो। जसमा काठमाडौँ क्षेत्र नम्बर १ बाट गणेश दुलाल, रामप्रसाद अमागाइँ, सफल श्रेष्ठ र विष्णु देवी भुषाल प्रतिनिधि छनोट भएका छन्। क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, सानुकुमार श्रेष्ठ, शान्ता थापा, शोभा थापा र नवराज दाहाल छन्। क्षेत्र नम्बर ३ बाट डा. विदुर चालिसे, विश्वराज श्रेष्ठ, इशा देवी, कल्पना राजचल, श्यामकृष्ण कर्माचार्य प्रतिनिधि रहेका छन्। 

यस्तै, काठमाडौँ क्षेत्र नम्बर ४ मा श्रीकृष्ण श्रेष्ठ, उद्धव खरेल, सुनिता गुरुङ, सरस्वती कार्की र प्रकाश कटुवाल निर्वाचित भएका छन् भने क्षेत्र नम्बर ५ बाट ध्रुवराज पाण्डे, रामकृष्ण श्रेष्ठ, रत्ना गुरुङ र अमर डंगोल निर्वाचित भए। क्षेत्र नम्बर ६ बाट विश्वनाथ लामिछाने, श्रीकृष्ण अधिकारी, देवीमाया आचार्य, विन्दा बुढाथोकी निर्वाचित भएका छन्। 

यता, क्षेत्र नम्बर ७ बाट  प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल र प्रमेश हमाल निर्वाचित भए भने क्षेत्र नम्बर ८ मा राजेश शाक्य, शंकर कुमार केसी, शुसीला अधिकारी र बब्लु सिवाकोटी निर्वाचित भए। यस्तै, क्षेत्र नम्बर ९ बाट केशव पोखरेल, उत्तम रावत, रञ्जु खड्का, सानुमैया खड्का र पूर्ण तन्डुकार निर्वाचित भएका हुन् भने क्षेत्र नम्बर १० मा महेश लामा, प्रेम बहादुर शाही, लक्ष्मी काफ्ले, वसन्ती श्रेष्ठ र सन्तोष खड्का निर्वाचित भए।  

सिन्धुपाल्चोक
दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि निर्वाचन प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि टुंग्याइएको हो। क्षेत्र नम्बर १ बाट कमल नेपाल, होमनारायण श्रेष्ठ, प्रेम लामा, प्रदिप पौडेल, शुशिला पाख्रिन, दावाफुटी शेर्पा, कमला कायस्थ र आङ्दोर्जे शेर्पा निर्वाचित भए भने क्षेत्र नम्बर २ बाट हस्त पण्डित, काशी लामा, कृष्णगोपाल तामाङ, मित्रलाल चौलागाई, बालकुमारी सापकोटा, सुनिता पराजुली र हिरा चौलागाई निर्वाचित भए। सिन्धुपाल्चोकबाट १५ जना प्रतिनिधि छनोट भएका हुन्। 

ललितपुर
२ वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा पनि निर्वाचन प्रक्रियाबाट १४ जना प्रतिनिधि निर्वाचित भएका छन्। जसमा मधुसूदन पौडेल, प्रेमभक्त महर्जन, चेतनाथ सञ्जेल, अष्टविर व्यञ्जनकार, रामहरी बजगाईँ, रघुनाथ महर्जन, कमला तामाङ, तारा सञ्जेल, देवीका राई, सुकमाया लामा, विक्रम घिमिरे, सुजित बस्नेत, ज्ञानभक्त डंगोल र प्रदिप रम्तेल प्रतिनिधिमा निर्वाचित भएका हुन्। 

मकवानपुर 
दुईवटा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चयन भए भने क्षेत्र नम्बर २ मा भने सर्वसम्मतीमा टुंगो लगाइएको हो। महाधिवेशनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट अणराज जर्गा मगर, नवीन सिग्देल, फुर्वादोर्जे लामा, सुनिल मोक्तान, आरती पाठक, विना कुमारी थिङ, सीता विष्ट र बोलबहादुर कार्की प्रतिनिधिमा निर्वाचित भए। 

यस्तै, क्षेत्र नम्बर २ बाट हिदम लामा, एकालाल श्रेष्ठ, बलराम बल, भगवती पुडासैनी, रोहण लामा, सुमित्रा काफ्ले, विदुर हुमागाईँ, गीता काफ्ले र देवकृष्ण विक निर्विरोध चयन भएका छन्। 

भक्तपुर
दुईवटा क्षेत्र रहेको भक्तपुरमा सर्वसम्मतीमा महाधिवेशन प्रतिनिधि टुंग्याइएको हो। भक्तपुर क्षेत्र नम्बर १ बाट रामबहादुर श्रेष्ठ, मनोज केसी, सपना तामाङ, दुर्गा थापा लामिछाने र विष्णु तामाङ निर्विरोध निर्वाचित भए भने क्षेत्र नम्बर २ बाट राजेन्द्र राजथला, शिवराम राउत, सानुकाजी कायस्थ, सूर्यलाल श्रेष्ठ, तारा सापकोटा, अनिता पाण्डे, सकुन्तला श्रेष्ठ, सुमन जोशी र दीपक बिसुङ्खे सर्वसम्मतीमा प्रतिनिधि छनोट भए। भक्तपुरबाट १४ जना प्रतिनिधि छनोट भएका छन्। 

काभ्रे
दुईवटा क्षेत्र रहेको काभ्रेमा २३ जना प्रतिनिधि छनोट भएका छन्। जसमा क्षेत्र नम्बर १ बाट अमित लामा, चन्द्र लामा, ठाकुर बास्कोटा, देवसागर लामा, सागर भुर्तेल, ज्ञान बहादुर तामाङ, उमा थापा, गिता बञ्जरा, गिता तामाङ, पवित्रा भुर्तेल र जेनिश लामा प्रतिनिधि छनोट भएका छन्। 

यस्तै, क्षेत्र नम्बर २ बाट अशोक ब्याजु, कञ्चन अधिकारी, कुमार थापा, प्रेम लामा, भीम न्यौपाने, रत्नकुश रञ्जितकार, हरिशरण दाहाल, उन्नती केसी, जीवनदेवी रायमाझी, निर्मला शाही, रिता ढकाल गौतम र इश्वर सापकोटा प्रतिनिधि छनोट भए। 

दोलखा 
दोलखाबाट महाधिवेशनका लागि ९ जना प्रतिनिधि छनोट भएका छन्। जसमा नरबहादुर श्रेष्ठ, भिमेश्वर भरतबहादुर केसी, ईश्वर चन्द्र पोखरेल, डबल पाण्ड, विशाल विक, शान्तिकुमारी तामाङ, उर्मिला थामी, सारदा राणा र लक्ष्मण गुभाजु प्रतिनिधिमा चयन छन् । 

नुवाकोट 
यता, दुई वटा क्षेत्र रहेको नुवाकोटबाट १५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट भएका छन्। खुल्ला ८ जना, महिला ४ जना, युवा २ जना र दलित समुदायतर्फको प्रतिनिधि १ जना गरेर जम्मा १५ जना प्रतिनिधि सर्वसम्मत चयन भएको एमाले नुवाकोट ले जनाएको छ।

खुलातर्फ बद्री मैनाली, काशीराज अधिकारी, मिलन लामा, निलकण्ठ आचार्य, नारायणप्रसाद खतिवडा, बुद्धिबहादुर प्रधान, राजेन्द्ररमण खनाल, अरुण कुमार श्रेष्ठ, चयन भएको एमाले नुवाकोटका प्रचार विभाग प्रमुखले जानकारी दिए।

यसैगरी महिलातर्फ कमला पाण्डे, मनिका थापा, कोपिला भट्ट, र इन्दिरा अधिकारी चयन भएको एमाले नुवाकोटले जनाएको छ।

धादिङ
दुई वटा निर्वाचन क्षेत्र रहेको धादिङमा १८ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। धादिङ क्षेत्र नम्बर १ बाट एमाले जिल्ला अध्यक्ष समेत रहेका भूमि त्रिपाठी, प्रेम सिलवाल, राजेन्द्र विक्रम बस्नेत, नरशे खतिवडा, कृष्ण पन्त, केदार पाठक, उर्मिला रेग्मी, उमा सिंखडा, कमला शर्मा र सुनिता तामाङ सर्वसम्मतीमा प्रतिनिधि चयन भए। यस्तै क्षेत्र नम्बर २ बाट निर्वाचन क्षेत्र नम्बर २ बाट अर्जुन कुमार श्रेष्ठ, भक्तबहादुर लामिछाने, बाबुकृष्ण श्रेष्ठ, नारायणकुमार गुभाज, राधिका सापकोटा, उर्गेनवती तामाङ, सञ्जय दवाडी र ध्रुव विक प्रतिनिधि छनोट भएका छन्। 

रसुवा
एमाले महाधिवेशनका लागि रसुवाबाट ८ जना प्रतिनिधि सर्वसम्मतीमा चयन भएका छन्। जसमा छेवाङ तेञ्जेङ तामाङ, कर्नेल लामा, सुरेन्द्र लम्साल, कैसाङ नुर्वो तामाङ, कुमार नगरकोटी, चमेली सुनुवार, चमेली गुरुङ र सिर्जना लामा प्रतिनिधि छनोट भएका हुन्। 

चितवन
चितवनमा सर्वसम्मत प्रतिनिधि छनोट भएका छन्। चितवनको ३ वटै क्षेत्रबाट २५ जना प्रतिनिधि सर्वसम्मत छनोट गरिएको एमाले चितवनले जनाएको छ। चितवन क्षेत्र नम्वर १ बाट खुल्लातर्फ कमलराज पाठक, यादवप्रसाद पाठक, गोविन्द प्रसाद कँडेल र जगन्नाथ आचार्य चयन भएका छन । यस्तै महिलातर्फ चन्द्रादेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी प्रतिनिधि चयन भए भने युवातर्फ उत्तम सेढाई प्रतिनिधि चयन भएको नेकपा एमाले चितवनले जनाएको छ। 

यस्तै, चितवन क्षेत्र नम्वर २ बाट खुल्लातर्फ डा.तिलचन्द्र भट्टराई, तेजेन्द्र खड्का, शंकर अधिकारी, केशव लामा र पदमपाणि सुवेदी तथा महिलातर्फ बिमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ प्रतिनिधि चयन भए भने युवातर्फ प्रकाश आचार्य प्रतिनिधि चयन भएको बताइएको छ।

क्षेत्र नम्बर ३ बाट खुल्लातर्फ रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना र कृष्णप्रसाद भुर्तेल, महिलातर्फ सरस्वती बिष्ट र निशा अधिकारी, श्यामलाल बिक तथा युवातर्फ प्रकाश भट्ट प्रतिनिधि चयन भएका हुन्।

रामेछाप
११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन्। रामेछापबाट खुल्ला ६ जना, महिला ४ जना, युवा १ जना र उत्पीडित १ जना गरी कुल १२ जना प्रतिनिधि चयन भएका हुन्। जसमा आनन्दकुमार श्रेष्ठ,  इन्द्रबहादुर तामाङ,  टंकप्रसाद चौलागाई, पुरुषोत्तम कडरिया, शान्ति प्रसाद पौडेल र ज्ञानकुमार योञ्जन चयन भएका छन्।

यस्तै, गंगादेवी कार्की, मखमली श्रेष्ठ, शान्ता न्यौपाने सुवेदी, बलबहादुर माझी, सिताराम लोहार र सीताकुमारी खत्री चयन भएका हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad