बागमती


मकवानपुरमा गोली हानी पुजारीको हत्या, ७५ वर्षीय वृद्ध पक्राउ

मकवानपुरमा गोली हानी पुजारीको हत्या, ७५ वर्षीय वृद्ध पक्राउ

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार २१:५८, काठमाडौँ

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली हानी हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो।

ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहेका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिए। गोलेको हत्या आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले बताए।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलभन्दा एक किलोमिटर कोलगौरीमा लुकिछिपी बसिरहेको अवस्थामा थोकरलाई पक्राउ गरिएको उनले बताए।

पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ। 

सुन्धारा कारागारबाट फरार एक कैदी पक्राउ
जेनजी आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट फरार भएका एक जना कैदीलाई आज मकवानपुर प्रहरीले पक्राउ गरेको छ। सुन्धारा कारगारबाट फरार मनहरी गाउँपालिका–६ निवासी ६१ वर्षीय सीताराम थिङलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले जानकारी दिए। 

थिङ वन्यजन्तु बेचबिखन तथा ओसारपोसार मुद्दामा अदालतबाट १५ वर्ष कैद र रु १० लाख जरिवानाको सजाय पाई सुन्धारा कारागारमा कैद सजाय भोगिरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad