बागमती


ज्यामिरेमा पहिरो खस्दा सिस्नेरी सडकखण्ड पूर्णरुपमा अवरुद्ध

ज्यामिरेमा पहिरो खस्दा सिस्नेरी सडकखण्ड पूर्णरुपमा अवरुद्ध

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १९:४१, हेटौँडा

हेटौँडा–काठमाडौँ आउजाउ गर्ने छोटोदुरीको मार्ग हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। 

शनिबार साँझ ५ः१५ बजेतिरको समयमा यस सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित ज्यामिरेमा सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध रहेको मकवानपुर प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार निरन्तर पहिरो झरिरहेका कारण तत्काल सडक खुलाउने अवस्था छैन। यात्रुलाई अनावश्यक जोखिम नलिन र वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी पुस्कर बोगटीले जानकारी दिए। 

उनका अनुसार पहिरो पन्छाउनसडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको छ। अविरल वर्षा भैरहेको कारण वर्षा रोकिएपछि मात्र पहिरो पन्छाउने कार्य सुरु गर्न सकिने बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad