बागमती


संघले अनुमति दिए बागमतीमा महिना दिनमै ड्राइभिङ लाइसेन्स

संघले अनुमति दिए बागमतीमा महिना दिनमै ड्राइभिङ लाइसेन्स

नेपालखबर
असोज २७, २०८२ सोमबार २०:३४, काठमाडौँ

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले संघीय सरकारले अनुमति दिए महिना दिनभित्रमा स्मार्ट लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने बताएको छ।

सोमबार (आज) श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले पत्रकार सम्मेलन गर्दै संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गर्ने तयारीमा रहेको जानकारी गराएका हुन्। 

बागमती इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली (इडीएल) मार्फत सेवाग्राहीले लिखित र ट्रायल परिक्षा बाहेकका सबै प्रक्रिया अनलाइनबाटै लिन सकिने उल्लेख गर्दै मन्त्री थापाले प्रदेश सरकारले स्मार्ट लाइसेन्स छपाइको काम अघि बढाएको बताएका हुन्। जसका लागि छपाइ मेसिन समेत ल्याइसकिएको मन्त्री थापाले बताए। 

यस्तै उनले गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा क्षति भएका सवारी साधनहरुको चालु आर्थिक वर्षको कर तथा नवीकरण दस्तुरमा शतप्रतिशत छुट गर्ने निर्णय गरिएको जानकारी दिए।

साथै प्रदर्शनका क्रममा यातायात कार्यालयको सेवा अवरुद्ध भएको अवगत गराउँदै उनले भने, ‘कार्यालयको सेवा अवरुद्ध हुँदा समयमै सेवा दिन नसक्दा जरिवाना पर्ने अवस्थाका सेवाग्राहीलाई लाग्ने जरिवाना छुट गरिने प्रक्रिया अघि बढाएका छौँ।’

जेन–जी प्रर्दशन पश्चात् केही दिनमै सेवा सुचारु गरि सेवा प्रवाह गरेको यस मन्त्रालयले मन्त्रालय मातहतका कार्यालयहरुको सेवा भने पुरानै लयमा दिन नसकिएको मन्त्री थापाले बताए। उनका अनुसार उक्त प्रदर्शन पछि ड्राइभिङ लाइसेन्सको परीक्षा, नवीकरण लगाएतका सेवा सुचारु गर्न सकिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad