बागमती


हेटौँडाको बालसुधार गृहका ७२ जना गेट भत्काएर भागे

हेटौँडाको बालसुधार गृहका ७२ जना गेट भत्काएर भागे

नेपालखबर
भदौ २५, २०८२ बुधबार १७:१८, हेटौँडा

मकवानपुरको हेटौँडामा रहेको बाल सुधार गृहबाट ७२ जना भागेका छन्। हेटौँडा उपमहानगरपालिका– ११ स्थित बाल सुधारगृहबाट बुधबार (आज) दिउँसो ७२ जना गेट भत्काएर भागेका हुन्।

सुधारगृहमा रहेका ९४ मध्ये २२ जना मात्रै नियन्त्रणमा छन् भने बाँकी अभिभावकहरूको सहयोगमा गेट तोडफोड गर्दै भागेको सुधारगृहले जनाएको छ। दिउँसो करिब ३ः१० बजेदेखि १० मिनेटको छोटो समयमै घटना भएको सुधारगृह प्रशासनले जनाएको छ।

सुधारगृह प्रमुख प्रदीप गौतमका अनुसार करिब ४०/४५ जनाको समूहमा आएका अभिभावकहरूले बाहिरबाट ढुंगामुढा गर्दै नाराबाजीसहित गेट भत्काएका थिए। उनका अनुसार बालकैदीबन्दीहरुले राति ब्याग प्याक गरेर भाग्ने योजना बनाएको पाइएको छ।

फरार हुनेहरूमा अधिकांश लागुऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको र लामो सजाय तोकिएका रहेका गौतमले जानकारी दिए। उनीहरूमध्ये २२ जना भने आफूहरू नभाग्ने भनेर स्वस्फूर्त रूपमा सुधारगृहमै बसेका छन्।

१४ देखि २३ वर्ष उमेर समूहका ती बालकहरूको सुरक्षार्थ सुधारगृहमा आठजना मात्र सुरक्षाकर्मी खटाइएको थियो। घटना भएको केहीबेरमै जिल्ला प्रहरी र सेनाको टोली पुगे पनि उनीहरू भागिसकेका थिए। अहिले सुधारगृहवरिपरि १५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad