बागमती


बागमतीको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँको दाबी पेस

बागमतीको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँको दाबी पेस

सुनिता विष्ट
साउन १९, २०८२ सोमबार १४:५५, हेटौंडा

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दावी पेस गरेका छन्। 

सोमबार नेपाली कांग्रेस र नेकपा एमाले सर्मथनसहित नयाँ सरकार गठनको दाबी गरेका हुन्। नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बहादुर बानियाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न माग गर्दै दाबी पत्र प्रदेश प्रमुखसमक्ष पेस गरिएको हो।

प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेअनुसार बानियाँको नेतृत्वमा सरकार गठनका लागि दावी पेश गरिएको हो।

कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गर्दै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी गरिएको छ। 

दाबी पत्रमा कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गरेका छन्।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad