सिन्धुपाल्चोक जिल्लास्थित गाेब्रे क्षेत्रमा आज (शुक्रबार) राति भारी वर्षा भएको छ।
जसका कारण उक्त क्षेत्रका खोलामा बाढी आउने तथा पहिरो जाने जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले शुक्रबार राति ७ः५० बजे चेतावनी जारी गर्दै भनेको छ : पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोक जिल्लास्थित गाेब्रे वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने ससाना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाईराखौँ।
279
Shares

प्रतिक्रिया