बागमती


चितवनमा थप ५२ जनामा एचआईभी पुष्टि, औषधि खानेको संख्या ११०० नाघ्यो

चितवनमा थप ५२ जनामा एचआईभी पुष्टि, औषधि खानेको संख्या ११०० नाघ्यो

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १२:१६, काठमाडौँ

चितवन जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआईभी सङ्क्रमित थपिएका छन्। तीमध्ये २३ स्थानीय हुन् भने अन्य ठाउँ घर भई चितवन आएका व्यक्ति हुन्। 

भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरू नयाँ थपिएका हुन्।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउन्डेसनमा सन् २०२५ को पाँच महिनामा ती बिरामी थपिएका हुन्।

अस्पतालमा आएर परीक्षण गरेका र समुदायस्तरमा परीक्षण गरिएका २३ जना हुन्। अहिले यस केन्द्रमा नियमित औषधि खानेको सङ्ख्या एक हजार एक सय ८८ जना छ। 

उनले भने, ‘यहाँ औषधि सेवन गर्नेमध्ये जिल्लाको माडीको बघौँडा अस्पताल र मध्यबिन्दु अस्पताल डण्डामा केही स्थानान्तरण भएर गएका छन्।’

ती दुई केन्द्रमा ५५ जना बिरामी स्थानानतरण भई औषधि खाइरहेका छन्। ती केन्द्रमा सेवा लिनका लागि कठिन भयो भनेर पुनः भरतपुर अस्पतालको यस सेन्टरमा आउने पाँच जना रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।

उनका अनुसार अहिले यहाँबाट नियमित औषधि सेवन गर्ने बिरामीमध्ये ५८२ जना पुरुष, ५५८ जना महिला छन्। 

यस्तै ३० जना बालबालिका र १८ जना तेस्रो लिङ्गी रहेको जानकारी उनले दिए। नियमित औषधि सेवन गर्ने बिरामीलाई अस्पतालले अन्य सेवा समेत दिने गरेको छ।

उनका अनुसार अस्पतालमा अएका सङ्क्रमित बिरामीका कुरुवालाई खाना खाजाको व्यवस्था, उपचार, एम्बुलेन्स तथा असहायका लागि खाद्यान्न सहयोग गरिरहेको छ।

यस फाउन्डेसनसंँगै अन्य फाउन्डेसनमा पछिल्ला समय भाइरल लोडमा समस्या आएको उनले बताए। 

भाइरल लोडका लागि आवश्यक किटको अभावले समस्या देखिएको फिजिसियन डा सापकोटाले बताए।

उनले भने, ‘अहिले तत्कालका लागि समस्या समाधान भए पनि अझै एक महिना कसरी व्यवस्थापन गर्ने भन्ने छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad