चिनियाँ ईभी निर्माता लिपमोटर हङकङ प्रवेश, अन्तर्राष्ट्रिय बजार विस्तार मुख्य लक्ष्य

चिनियाँ ईभी निर्माता लिपमोटर हङकङ प्रवेश, अन्तर्राष्ट्रिय बजार विस्तार मुख्य लक्ष्य

बुधबार हङकङमा लिपमोटरको पहिलो शोरुम उद्घाटनका क्रममा सी१० इलेक्ट्रिक गाडी अवलोकन गर्दै आगन्तुक (रोयटर्स)


नेपालखबर
जेठ २९, २०८२ बिहिबार १२:१७, हङकङ

चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता लिपमोटरले बुधबार हङकङमा आफ्नो पहिलो स्टोर खोलेको छ। यस क्रममा कम्पनीका संस्थापक एवं सीईओ झु जियाङमिङले सहरमा कम्पनीको डेब्युलाई ठूलो अन्तर्राष्ट्रिय सफलताको लागि एक पाइलाका रूपमा लिएको बताएका छन्।

हङकङ टापुको ताइकु सिङमा रहेको सिटिप्लाजा कम्प्लेक्समा रहेको नयाँ आउटलेट विश्वव्यापी रूपमा कम्पनीको १,५००औँ स्टोर हो। हङकङमा दोस्रो स्टोर डिसेम्बरमा खोल्ने तालिका समेत कम्पनीले बनाएको छ।

हङकङमा हाल कार बिक्रीदर वार्षिक ४० देखि ५० हजारको बीचमा रहेको र यो तुलनात्मक रूपमा सामान्य भए पनि यसले लिपमोटरलाई विश्वव्यापी उपभोक्तासम्म पुग्न प्रदर्शनीको काम गर्ने विश्वास लिइएको झुले बताए। 

‘यसले अन्तर्राष्ट्रिय लगानीकर्तामाझ कम्पनीलाई बुझ्न झ्यालको काम गर्नेछ,’ झुको कथन छ।

लिपमोटरले पहिले नै मलेसिया, थाइल्याण्ड र इन्डोनेसियामा आफ्नो पदचिह्न विस्तार गरिसकेको छ। 

चीनको पूर्वी झेजियाङ प्रान्तको हाङ्जाउमा रहेको कार निर्माताका युरोप, मध्यपूर्व, अफ्रिका र एसिया-प्रशान्त क्षेत्रमा ६०० भन्दा बढी आउटलेट सञ्चालित छन्। यस वर्षको अन्त्यसम्ममा युरोप र दक्षिणपूर्व एसियामा समेत विस्तार गरिने झुले बताए।

लिपमोटरको अन्तर्राष्ट्रिय बजार विस्तार चीनको घरेलु ईभी क्षेत्र मूल्ययुद्धमा फसेको बेला आएको छ, जहाँ प्रमुख खेलाडीहरूले बजार हिस्सा सुरक्षित गर्न धमाधम मूल्य घटाइरहेका छन्।

२३ मेमा, यस क्षेत्रको प्रमुख खेलाडी बीवाईडीले २२ मोडेलको मूल्य घटायो। जसमा यसको सिगल ह्याचब्याकमा २० प्रतिशतसम्मले कटौती गरिएको थियो।

गिली अटोको उपब्रान्ड गिली ग्यालेक्सीले सात मोडेलमा ८ प्रतिशतदेखि १८ प्रतिशतसम्मको सीमित-समय छुट ल्याएपछि बीवाईडीको उक्त निर्णय बाहिर आएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .