काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका नागढुंगाबाट प्रहरीले १२ किलो चाँदीका गहनासहित बसका सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार गएराति ९:४५ तिर चन्द्रगिरि नगरपालिका २ स्थित नागढुंगा चेकप्वइन्टमा प्रहरी प्रभागको टोलीले चेकजाँचका क्रममा पर्साको वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बा. प्र. ०१-००३ ख ३७०९ नं. को बसका सहचालक अनिशकुमार सिंहलाई चाँदीका गहनासहित नियन्त्रणमा लिएको हो।
बाराको कलैया उपमहानगरपालिका-४ घर भएका ३२ वर्षीय सिंहले बसमा लुकाएर ल्याएको अवस्थामा बिल नभएका सिक्री, चन्द्रमा, पाउजुलगायतका १२.१७६ किलोग्राम तौलका चाँदीका गरगहना बरामद भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया