बागमती


सुनकोसी नदीमा बग्दै गरेको अवस्थामा भेटियो शव, दाहिने नाडीमा नुरजित लेखिएको ट्याटु

सुनकोसी नदीमा बग्दै गरेको अवस्थामा भेटियो शव, दाहिने नाडीमा नुरजित लेखिएको ट्याटु

फाइल तस्बिर: सुनकोसी नदी


नेपालखबर
जेठ ७, २०८२ बुधबार ६:३३, कमलामाई (सिन्धुली)

सिन्धुलीमा मंगलबार दिउँसो एक व्यक्तिको शव फेला परेको छ। गोलञ्जोर गाउँपालिका-७ स्थित सुनकोसी नदीमा शव फेला परेको हो। 

पश्चिम दिशाबाट बग्दै आएको अवस्थामा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव नदीमा देखिएको खबर इलाका प्रहरी कार्यालय खुर्कोटमा खबर आएको हो। 

त्यहाँबाट प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलको नेतृत्वमा खटिएको टोलीले विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोर टोलीसँगको सहकार्यमा शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। 

उनका अनुसार मृतक पुरुषको दाहिने हातको नाडीमा नुरजित (NURJIT) लेखिएको ट्याटु, दाहिने कानमा चाँदीजस्तो देखिने दुईवटा मुद्रा तथा शरीरको तल्लो भागमा नीलो रङको कट्टुमा रातो रङका तीनवटा धर्सा देखिएको छ। 

शव फेला परेको स्थान इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ३०० मिटर उत्तरतर्फ पर्छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad