काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्।
राजदूत मायादा तोरु बुधबार महानगर प्रमुख शाहको कार्यकक्षमा गएर भेटघाट गरेका हुन्।
भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको महानगरले जनाएको छ।
कुराकानीका क्रममा प्रमुख शाहले काठमाडौँको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे। सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा पनि उनले जानकारी गराए।
राजदूत तोरुले काठमाडौँ र जापानका सहरहरूका बीचमा सहरी आचरणसम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे।
99
Shares

प्रतिक्रिया