काठमाडौँ महानगरपालिका-८ गुहेश्वरी पञ्चकुमारी मार्गनजिक सडक पेटीमा महिला मृत फेला परेकी छन्।
नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
उनले भने, ‘गुहेश्वरी पञ्चकुमारी मार्गनजिक एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।’ रासस
267
Shares

प्रतिक्रिया