पूर्वराजाका समर्थकहरूले शुक्रबार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कोटेश्वरस्थित कार्यालयमा लगाएको आगो चार घण्टापछि निभाइएको छ।
कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदर्शनकारीले एक्कासि प्रशोधन कम्पनीमा प्रवेश गरी अपरान्ह आगजनी गरेका थिए। आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीनवटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक गरी ६ वटा दमकलले चार घण्टामा आगो निभाएको जुद्ध वारुणयन्त्र कार्यालय, भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए।
उनले भने, “जम्मा ६ वटा दमकलले राति ९ बजे आगो निभाएर फर्कियौँ।”
उनले सन्चोलगायत जडिबुटीका औषधि बनाउँदा प्रयोग हुने केमिकल बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको जानकारी पनि दिए।
आगो निभाउन गएको जद्ध बारुण यन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेका थिए।
Shares

प्रतिक्रिया