बागमती


‘टुकुचामा गाड्छु’ भन्ने मेयरलाई कारबाही गर: युवा संघ महानगर कमिटी

‘टुकुचामा गाड्छु’ भन्ने मेयरलाई कारबाही गर: युवा संघ महानगर कमिटी

नेपालखबर
चैत १३, २०८१ बुधबार ६:४१, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको काठमाडौँ महानगर कमिटीले महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई कारबाही गर्न माग गरेको छ।

मदिराको सनकमा स्तरहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै युवा संघको महानगर कमिटीले मेयर बालेनलाई कानुनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग माग गरेको हो।

आफ्नै कमजोरीका कारण कर्मचारीहरूको तलब–भत्ता रोकिएको विषयलाई लिएर सनकमा आपत्तिजनक अभिव्यक्ति दिएको संघले जिकिर गरेको छ।

‘देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेका बेला आफ्नै कमजोरीका कारण प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकी कर्मचारीहरूको तलब भत्ता रोकिएको विषयलाई लिएर काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहको मदिराको सनकमा अबको एक हप्तामा कर्मचारीले तलब नपाए “टुकुचामा गाड्छु" भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ महानगर कमिटीको गम्भीर ध्यान आकर्षण भएको छ’, युवा संघका महानगर कमिटी अध्यक्ष दीपेश सुधाकरको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र काठमाडौँ तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छुजस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad