बागमती


हेटौँडामा ट्रकले अटोलाई ठक्कर दिँदा आमाको मृत्यु, बालख छोरासहित २ जना घाइते

हेटौँडामा ट्रकले अटोलाई ठक्कर दिँदा आमाको मृत्यु, बालख छोरासहित २ जना घाइते

प्रतीकात्मक तस्बिर


नेपालखबर
फागुन ३, २०८१ शनिबार ९:१, हेटौँडा

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा-११, थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने उनका बालख छोरासहित २ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा मकवानपुरको मनहरि गाउँपालिका-६ खयरघारी की ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको हो।

शुक्रबार (हिजो) राति करिब ८ बजे चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नम्बरको अटोलाई ठक्कर दिएकाे हो।

दुर्घटनामा ३ जना घाइते भएकामा थानाभर्‍याङमै रहेको सीएमसी चुरेहिल अस्पतालमा उपचारका क्रममा बम्जनको गएराति मृत्यु भएको हो।

दुर्घटनामा मृतक बम्जनका ११ वर्षीय छोरा अमृत र अटो चालक हेटौँडा-१९ बासघारीका २५ वर्षीय राजु थिङ घाइते भएका छन्।

अटो चालकको अवस्था गम्भीर छ भने अमृतको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ट्रक चालक चितवन राप्ती नगरपालिका-२ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad