बागमती


टायर पन्चर भएर चितवनमा बस पुलबाट खस्दा घाइते हुनेको संख्या २५ पुग्यो

टायर पन्चर भएर चितवनमा बस पुलबाट खस्दा घाइते हुनेको संख्या २५ पुग्यो

आइतबार बिहान नारायणगढ-मुग्लिन चितवनमा पुलबाट खसेको बस। तस्बिर : रासस


नेपालखबर
माघ २७, २०८१ आइतबार ७:३६, हेटौँडा

नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु।प्र ०३-००१ ख ००७७ नम्बरको बस आइतबार (आज) बिहान ४:३० बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत सेतीदोभान पुलबाट खसेको हो।

दुर्घटनामा बसमा सवार ३० जनामध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए।

उनका अनुसार घाइतेलाई चितवन मेडिकल कलेज लगिएको छ भने अवस्था सामान्य छ।

टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको डीएसपी महतोले बताए।

घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad