बागमती


खानेपानी मन्त्रालयमा आगलागी: के कति भयो क्षति?

खानेपानी मन्त्रालयमा आगलागी: के कति भयो क्षति?

शनिबार बिहान आगलागी हुँदा क्षति भएको खानेपानी मन्त्रालयको कोठा। तस्बिर : रासस


नेपालखबर
माघ २६, २०८१ शनिबार ११:३, काठमाडौँ

सिंहदरबारस्थित खानेपानी मन्त्रालयको चौथो तलामा आज शनिबार बिहान भएको आगलागीबाट तीन कोठामा क्षति भएको छ। 

तीनवटा कोठामा रहेको भौतिक संरचनासँगै त्यहाँ रहेका कागजात जलेर नष्ट भएका छन्। 

शनिबार बिहान आगलागी हुँदा क्षति भएको खानेपानी मन्त्रालयको कोठा। तस्बिर : रासस

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार क्षतिको विवरण खानेपानी मन्त्री प्रदीप यादवले संकलन गरिरहेका छन्। 

‘४०/५० लाखको क्षति भएको अनुमान गरिएको छ’, एसपी बोहराले भने, ‘तर मन्त्रीज्यूले आधिकारिक विवरण दिइसक्नुभएको छैन।’

यस्तै अहिलेसम्म आगलागीको कारण नखुलेको उनले बताए। 

‘अहिलेसम्म आगलागी के कारण भयो भन्ने विषयमा केही खुलेको छैन, एसपी बोहराले भने, ‘उहाँले आशंका पनि केही गर्नुभएको छैन।’

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागी भएको तलामा खानेपानी मन्त्री यादवको कार्यकक्ष थियो।

बिहान ८४५ बजेतिर सुरु भएको आगलागी दमकलको सहायताले १५/२० मिनेटमा निभाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad