काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारको तुलनामा सोमबार (आज) घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको हो। यसअघि हिजो आइतबार यो तापक्रम ७.८ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन हुन्छ। त्यतिबेला अहिलेको भन्दा केही घट्ने सम्भावना हुन्छ अथवा त्यति (६.१) नै पनि रहन सक्छ।
669
Shares

प्रतिक्रिया