बागमती


झन् माथि उक्लियो काठमाडौँको न्यूनतम तापक्रम, कस्तो होला आज दिनभर मौसम?

झन् माथि उक्लियो काठमाडौँको न्यूनतम तापक्रम, कस्तो होला आज दिनभर मौसम?

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
पुस २२, २०८१ सोमबार ७:६, काठमाडौँ

दुई/तीन दिनयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर बढिरहेको छ। 

यस क्रममा अहिले बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा उक्लिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। 

तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। त्यसबेला थोरै घट्ने सम्भावना रहन्छ वा यत्ति नै पनि रहन सक्छ। हिजो आइतबार उपत्यकाको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो।  

‘राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ’, मौसमविद् मानन्धरले भनिन्, ‘फेरि दिनमा बादल लाग्यो भनेचाहिँ अधिकतम तापक्रम घट्छ।’

उनका अनुसार आज पनि काठमाडौँ उपत्यकाको मौसम दिनभर बदलीकै अवस्थामा रहने सम्भावना छ। ‘आज पनि हिजो (आइतबार) जस्तै दिनभर घाम लाग्ने सम्भावना छैन, आज पनि दिउँसो केही जाडो नै हुन्छ’, उनले भनिन्। 

काठमाडौँ उपत्यकामा आज वर्षाको सम्भावना भने नदेखिएको उनको भनाइ छ। 

‘पश्चिमी वायुको प्रभावले मौसम बदली भए पनि काठमाडौँ आज पानी पर्ने सम्भावना देखिएको छैन’, उनले भनिन्, ‘भोलि (मंगलबार) चाहिँ छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad