बागमती


काठमाडौँबाट पोखरा जाँदै गरेको कार धादिङमा अर्को कारसँग ठोकियो, ४ जना घाइते

काठमाडौँबाट पोखरा जाँदै गरेको कार धादिङमा अर्को कारसँग ठोकियो, ४ जना घाइते

अर्को कारसँग ठोकिएपछिको कार


सुनिता विष्ट
पुस २०, २०८१ शनिबार ११:४६, हेटौँडा

पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा शनिबार (आज) बिहान दुई कार जुध्दा ४ जना घाइते भएका छन्।

धादिङ प्रहरीका अनुसार काठमाडौँबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१–०२९ च १३६९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०३० च ४५०९ नम्बरको कार बिहान १० बजेतिर आपसमा ठक्कर खाएका हुन्।

दुर्घटनामा दुवै कारका यात्रु घाइते भएका हुन्।

प्रहरीका अनुसार दुर्घटनामा बागमती प्रदेश ०१–०२९ च १३६९ नम्बरको कारका चालक कागेश्वरी मनहरा नगरपालिका-२ का २६ वर्षीय प्रज्ञान खड्का (छाती र दुवै खुट्टामा चोट) र सोही कारमा सवार २८ वर्षका प्रमोद खड्का (बाँया आँखा, नाक, र बाँया हातमा चोट) घाइते भएका हुन्। 

यस्तै बागमती प्रदेश ०१–०३० च ४५०९ नम्बरको कारमा सवार रामेछापको खडकादेवी गाउँपालिका-८ की २१ वर्षीया सुनिता बरैली (बाँया आँखा र मुखमा चोट) र मकवानपुर उपमहानगरपालिका-८ की २४ वर्षीया बबिता खनाल (निधारमा चोट) घाइते भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार घाइतेहरूको उपचार मलेखुस्थित टिचिङ हस्पिटलमा भइरहेको छ।

प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ र दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad