बागमती


भरतपुरबारे प्रचण्डको तारिफ : सन्तुलित विकास भएको छ, इमानदार नेतृत्व हुँदाको परिणाम

भरतपुरबारे प्रचण्डको तारिफ : सन्तुलित विकास भएको छ, इमानदार नेतृत्व हुँदाको परिणाम

मेघौलीमा आयोजित कार्यक्रममा प्रचण्ड। तस्बिर : रासस


नेपालखबर
पुस १६, २०८१ मंगलबार २१:१६, भरतपुर (चितवन)

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको दाबी गरेका छन्।

भरतपुरस्थित मेघौलीमा मंगलबार आयोजना भएको भरतपुर भ्रमण वर्ष-२०२४, वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव-२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निराशाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुरले सबै क्षेत्रमा विकास गरेको दाबी गरेका हुन्।

अध्यक्ष प्रचण्डले भने, ‘नेतृत्वले इमान्दारीका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकांक्षाप्रति इमान्दार भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ।’

उनले भरतपुरको सिको देशभरिका सबै तहले गर्नुपर्ने सुझाव पनि दिए।

प्रचण्डले भने, ‘प्रकृतिले दिएको जल, जमिन, जडीबुटी, हिमाल, पहाड र तराई सबै पर्यटकीयस्थल हो। त्यसको निम्ति भौतिक पूर्वाधार, जनचेतना र रचनात्मक कार्यक्रमको विकास भने नेतृत्वले गर्नुपर्ने हुन्छ। यो सबै चितवन तथा भरतपुरमा रहेको छ।’

भरतपुर महानगर प्रमुख रेनु दाहाले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित सहरको रूपमा विकास गर्दै आइएको बताइन्। उनले यहाँ आउनको लागि भौतिक बाटोघाटोको काम सकिएको र अब आधा घण्टामा भरतपुरको जुनसुकै स्थानमा पुग्न सकिने जानकारी दिइन्।

नगरप्रमुख रेनु प्रचण्डकी छोरी हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad