बागमती


काठमाडौँमा पनि भयो हल्का वर्षा, बढ्यो चिसो

काठमाडौँमा पनि भयो हल्का वर्षा, बढ्यो चिसो

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
पुस ९, २०८१ मंगलबार २०:२४, काठमाडौँ

पश्चिमी वायुको प्रभावले आज बेलुका काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भएको छ। वर्षा भएसँगै चिसो बढेको महसुस भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले काठमाडौँ उपत्यकामा केही बेर छिटपुट वर्षा भएको र अहिले धेरै स्थानमा रोकिइसकेको बताए। 

‘केही बेर वर्षा भएको थियो, अहिले कतै कतै छिटपुट पर्दै होला कि नत्र लगभग वर्षा रोकिइसकेको छ’, उनले भने। 

आज राति काठमाडौँ उपत्यकाको मौसम बदली रहने भए पनि अब वर्षाको सम्भावना खासै नरहेको मौसमविद् अर्यालयको भनाइ छ। 

‘यो खासै बलियो सिस्टम होइन’, उनले भने, ‘त्यसैले अब वर्षाको सम्भावना देखिन्न।’

दिउँसो मौसम बदली (आकाशमा बादल) भएका कारण आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि घटेको छ। 

मौसम महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियसमा झरेको हो। हिजो सोमबार यो तापक्रम १७.६ डिग्री सेल्सियस थियो। 

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने ४.४ डिग्री सेल्सियस छ। हिजो ४.३ डिग्री सेल्सियस थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad