बागमती


पूर्वप्रमुख पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले दियो शोक बिदा

पूर्वप्रमुख पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले दियो शोक बिदा

फाइल तस्बिर: काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंह


नेपालखबर
पुस १, २०८१ सोमबार ९:९, काठमाडौँ

आफ्ना पूर्वप्रमुख (मेयर) पीएल सिंहको निधन भएको शोकमा काठमाडौँ महानगरपालिकाकाले आज सार्वजनिक बिदा दिएको छ। 

महानगरपालिकाले सोमबार बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानकारी गराएको हो।

‘काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नुहुने पूर्वप्रमुख पीएल सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएकोमा काठमाडौँ महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रमुखका रूपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिन्छ।’

सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो।

८५ वर्षीय सिंह लामो समयदेखि अल्सरबाट पीडित थिए।

पूर्वमन्त्रीसमेत रहेका सिंहले प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंहका प्रमुख सहयोगी भएरसमेत काम गरेका थिए। 

पछिल्लो समय भने उनले कांग्रेस परित्याग गरेका थिए। 

२०४९ मा स्थानीय निर्वाचन जितेर सिंह काठमाडाैँ महानगरपालिकाका मेयर बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad