काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
आज (शनिबार) बिहान ५:४५ बजे २.५ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे २ डिग्री सेल्सियसमा झरेको हो।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौँका लागि यो तापक्रम यस वर्ष लागेयताकै कम हो।
मौसम महाशाखाका अनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७.२ डिग्री सेल्सियस छ। सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ विराटनगरमा ९ डिग्री सेल्सियस छ।
हेर्नुहोस् देशभरको तापक्रम सूची (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसैले आजको अधिकतम तापक्रम भने भरे साँझ सार्वजनिक हुनेछ।
अहिले नेपालमा विन्टर अर्थात् हिउँदयाम छ। तापक्रम अझै घट्दै जानेछ।
Shares

प्रतिक्रिया