बागमती


कृष्णभीरबाट त्रिशूलीमा खसेको गाडीका चालक घाइते अवस्थामा भेटिए

कृष्णभीरबाट त्रिशूलीमा खसेको गाडीका चालक घाइते अवस्थामा भेटिए

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १६:१०, हेटौंडा

पृथ्वी राजमार्गस्थित कृष्णभीरबाट त्रिशूली नदीमा ग्यास बोकेको बुलेट खस्दा बेपत्ता भएका चालक फेला परेका छन्।

आइतबार बिहान चितवनबाट काठमाडौंतर्फ ग्यास बोकेर जाँदै गरेको एनएल–०२एल ३९०७ नम्बरको भारतीय गाडी त्रिशूली नदीमा खसेको थियो। उक्त गाडीका चालक भारतको बरुनी बस्ने ४५ वर्षका पंकज कुमार सामान्य घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको ग्यास बुलेट तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

गाडीको अघिल्लो भाग भीरमा अड्किएको भए पनि ग्यास बोक्ने पछाडिको भाग अर्थात ग्यास बुलेट भने त्रिशूली नदीमा खसेको थियो। ग्यास बुलेट बगाएर दुर्घटनास्थलबाट ५० मिटर परसम्म पुगेको छ भने ग्यास लिक भएको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad