बागमती


काठमाडौँ खसी बजारमा मोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौँ खसी बजारमा मोटरसाइकलको ठक्करबाट मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर १९, २०८१ बुधबार १३:५, काठमाडौँ

काठमाडौँको खसी बजारमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका-१४ खसी बजारस्थित सडकमा गएराति बा प्र०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दक्षिणकाली नगरपालिका १ खहरे बस्ने ५० वर्षीय प्रमेशकुमार खड्गीको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खड्गीको बयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad