राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया (अपरेसन) सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति पौडेल आज बिहान भर्ना भएका थिए।
हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
87
Shares

प्रतिक्रिया