स्थानीय तहको उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकामा जारी मतदानमा स्थानीय मतदाता उत्साहपूर्वक सहभागी भइरहेका छन्।
वडा नं. ४ को भगवानस्थान गाम्चाचौर मतदानस्थलमा मत खसालेर फर्किएका मतदाताले नेपालखबरसँगको भेटमा मत खसाल्न पाउँदा खुसी लागेको बताएका छन्।
कीर्तिपुरका मेयर राजकुमार नकर्मी, वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारी र वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएपछि रिक्त पद पूर्तिका लागि आज मतदान भइरहेको हो।
१० वटा वडा रहेको सो नगरपालिकामा ३१ हजार मतदाता छन्।
मेयरका लागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
बिहान ७ बजेदेखि जारी मतदान अपराह्न ५ बजेसम्म चल्नेछ।









507
Shares

प्रतिक्रिया