काठमाडौँ उपत्यकामा आज (बिहीबार) तीन जना मृत भेटिएका छन्।
काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार नुवाकोट ककनी गाउँपालिका-६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौँ महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा आज मृत अवस्थामा फेला परेका छन्।
आजै काठमाडौँ–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मृत भेटिएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए।
त्यस्तै, ललितपुर महानगरपालिका-२५ स्थित नख्खु खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
तीनवटै शव परीक्षणका लागि अस्पताल लगिएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस
Shares

प्रतिक्रिया