मकवानपुरमा १६२ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। मकवानपुर प्रहरीले १६२ किलो ५८० ग्राम लागुऔषध गाँजा सहित काभ्रेको धुलिखेल नगरपालिका–१२ का २९ वर्षीय किरण वाग्लेलाई पक्रउ गरेको हो।
विशेष सूचनाको आधारमा मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिक अप भ्यान चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए।
उनका अनुसार खाली प्लास्टिक क्रेटहरूको मुनि लुकाएर राखिएको गाँजा र योद्धा गाडी सहित वाग्लेलाई नियन्त्रणमा लिइएको छ।
उनीमाथि अनुसन्धान गर्नका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट थप चार दिनको म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। वाग्ले सो भ्यानका चालक हुन्।
198
Shares

प्रतिक्रिया