बागमती


चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु

चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु

दुर्घटनामा परेको हाइस


नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार ६:५८, काठमाडौँ

नारायणगढ-मुग्लिन सडकअन्तर्गत सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोकिँदा ४ जनाको मृत्यु भएको छ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोकिएका हुन्। 

प्रहरीका अनुसार दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतक सबै हाइसका यात्रु हुन्।

मृतकमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मृतकमा हायसका चालक पनि रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। तर उनको पहिचान खुल्न बाँकी छ।

बसका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा अन्य ४ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad