बागमती


काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली, पर्नसक्छ पानी

काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली, पर्नसक्छ पानी

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
कात्तिक १७, २०८१ शनिबार ८:३५, काठमाडौँ

देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली (आकाशमा बादल/धुम्म) भएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार यतिबेला (शनिबार बिहान ८:३० बजे) उपत्यकाको मौसम आंशिकदेखि साधारणतया बदली भएको छ। यसको अर्थ आकाशमा कतै बाक्लो बादल त कतै पातलो बादल लागिरहेको छ।

‘उपत्यकामा बिहान हुस्सु पनि लागेको थियो’, मौसमविद् महर्जनले नेपालखबरसँग भनिन्, ‘आज दिनभर मौसम खुल्ने सम्भावना कम छ।’

उनका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना पनि छ।

‘अपराह्नतिर क्षणिक र हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्, ‘तर सम्भावना अलि कम नै छ, भोलि (आइतबार) लाई भने उपत्यकामा वर्षाको सम्भावना अलि बढी देखिन्छ।’

मौसम महाशाखाले आज दिउँसोलाई उपत्यकामा पानी पर्ने सम्भावना केवल २० प्रतिशत देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad