बागमती


रवि पक्राउको विरोधमा हेटौंडामा रास्वपाको प्रदर्शन

रवि पक्राउको विरोधमा हेटौंडामा रास्वपाको प्रदर्शन

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १५:४, हेटौंडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने पक्राउको विरोधमा हेटौंडामा प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले र्‍याली निकालेको हो।

राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि भन्दै निरन्तर आन्दोलन जारी राख्ने रास्वपा केन्द्रीय समितिले निर्णय गरेसँगै हेटौंडामा पनि खबरदारी तथा विरोध र्‍याली निकालिएको रास्वपाले जनाएको छ।

प्रदर्शनमा सहभागीहरूले राजनीतिक प्रतिशोध बन्द गर, ललिता निवास काण्ड के भयो? भष्ट्रचारीलाई कारबाही गर, लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad