बागमती


काठमाडौँ उपत्यकाको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान

काठमाडौँ उपत्यकाको तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १९:२८, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियससम्म झर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। 

मौसम महाशाखाले गरेको प्रक्षेपणअनुसार बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियसबीचमा रहने सम्भावना देखिएको हो। 

यस्तै बिहीबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम भने २६ देखि २८ डिग्री सेल्सियससम्म रहने आकलन मौसम महाशाखाले गरेको छ। 

आज (बुधबार) भने उपत्यकाको अधिकतम तापक्रम २८.५ र न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस थिए। 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम  तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ।

न्यूनतम सामान्यतया हरेक बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। 

मौस महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ बजेर १० मिनेटमा सूर्य उदाउने छ भने साँझ ५ बजेर २७ मिनेटमा अस्ताउने छ।  

हेर्नुहोस् मौसम महाशाखाको प्रक्षेपण-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad