काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (कात्तिक ३ गते) १४ डिग्री सेल्सियसमा झरेको छ। उपत्यकाका लागि यो तापक्रम पोस्ट मनसुन सुरु भएयताकै कम हो।
मनसुन अक्टोबर १२ तारिखमा बिदा भई पोस्ट मनसुन सुरु भएयता देशभर नै क्रमिक रूपमा तापक्रम घटिरहेको छ।
यसै क्रममा काठमाडौँ उपत्यकाको तापक्रम पनि निरन्तर ओरालो लागिरहेको छ।
मनसुन बिदा तथा पोस्ट मनसुन सुरु भएको दिन असोज २६ (अक्टोबर १२) मा काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८.३ र न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो। यसको भोलिपल्ट अर्थात् अक्टोबर १३ का दिन अधिकतम २८ र न्यूनतम १४.७ मा झरेका थिए।
यसैगरी अक्टोबर १४ मा उपत्यकाको अधिकतम २७.५ मा झरेको थियो भने न्यूनतम तापक्रमचाहिँ १७.२ डिग्री सेल्सियसमा उक्लेको थियो। अक्टोबर १५ मा अधिकतम स्थिर अर्थात् २७.५ मै अडिग रह्यो भने न्यूनतम तापक्रमचाहिँ १५ डिग्री सेल्सियसमा झरेको थियो।
यसपछि अक्टोबर १६ मा उपत्यकाको अधिकतम २७.२ मा झर्यो भने न्यूनतम तापक्रमचाहिँ अघिल्लो दिनभन्दा केही बढेर १५.३ डिग्री सेल्सियसमा उक्लियो।
तर अक्टोबर १७ मा उपत्यकाको अधिकतम तापक्रम २४.५ डिग्री सेल्सियसमा झर्दा न्यूनतम तापक्रमचाहिँ १५.५ डिग्री सेल्सियसमा उक्लियो।
फेरि अक्टोबर १८ मा अधिकतम केही उक्लिएर २६.१ डिग्री सेल्सियस भयो भने न्यूनतमचाहिँ १५.२ डिग्री सेल्सियसमा झर्यो।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार यसपछि आज अर्थात् अक्टोबर १९ मा भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकैचोटि १४ डिग्री सेल्सियसमा झरेको हो। यसैगरी अधिकतम पनि आज हिजोको भन्दा घटेर २५.५ डिग्री सेल्सियसमा झरेको छ।
पोस्ट मनसुन लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिलेसम्मकै कम १४ डिग्री सेल्सियसमा झरेको हो।
मौसमविद्का अनुसार पोस्ट मनसुनको अवधि अंग्रेजी महिना नोभेम्बरभरि हो, त्यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर सिजन अर्थात् हिउँदयाम लाग्छ।
हेर्नुहोस् आज देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम विवरण (मौसम पूर्वानुमान महाशाखाबाट)



Shares

प्रतिक्रिया