बागमती


काठमाडौँमा स्रोत नखुलेको १९ लाखसहित दोलखाका दिदीभाइ पक्राउ

काठमाडौँमा स्रोत नखुलेको १९ लाखसहित दोलखाका दिदीभाइ पक्राउ

पक्राउ परेका सुरेश वली र सावित्री वली बरामद रकमसहित।


नेपालखबर
असोज २१, २०८१ सोमबार २१:५६, काठमाडौँ

काठमाडौँमा स्रोत नखुलेको १९ लाख रुपैयाँसहित प्रहरीले दिदीभाइलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौँले सोमबार सार्वजनिक गरेको विवरणअनुसार दोलखा विगु गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौँ–१४ कलंकी बस्ने ३५ वर्षीया सावित्री वलीलाई १५ लाख र सोही ठेगाना घर भई हाल काठमाडौँ–२३, न्युरोड बस्ने उनकै भाइ २५ वर्षीय सुरेश वलीलाई ४ लाख रुपैयाँसहित पक्राउ गरिएको हो। 

प्रहरी परिसरका अनुसार विशेष सूचनाका आधारमा उनीहरूलाई नगदसहित आइतबार नियन्त्रणमा लिइएको हो। सुरुमा काठमाडौँ–१४, कलंकीस्थित शंकास्पद कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोली उक्त स्थानमा जाँदा स्रोत नखुलेको १५ लाख रकम बैंकमा जम्मा गर्न बोकी हिँडेको अवस्थामा सावित्रीलाई पक्राउ गरिएको र उनीसँग सोधपुछ गर्दा उक्त रकम भारतीय नागरिकको रहेको र आफू एक वर्षदेखि काठमाडौँ-२३, न्युरोडस्थित रहेको भारतीय नागरिकको अफिसमा काम गर्ने भनेपछि उनलाई साथमा लिई अफिसको चेकजाँच गर्दा उनको भाई सुरेशको साथबाट थप स्रोत नखुलेको ४ लाख रकम फेला परेको हो।

उनीहरूको साथबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित विभिन्न बैंकका स्लिप पाँचवटा र एउटा मोबाइल पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

बरामद रकम र सामानसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad