ad ad

बागमती


पछिल्लो २४ घण्टामा भक्तपुरमा धेरै भारी वर्षा, काठमाडौँ र ललितपुरमा भारी वर्षा

पछिल्लो २४ घण्टामा भक्तपुरमा धेरै भारी वर्षा, काठमाडौँ र ललितपुरमा भारी वर्षा

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १८:०, काठमाडौँ

पछिल्लो २४ घण्टामा भक्तपुरको नगरकोटमा धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखााको आज (शुक्रबार) साँझ ५:५१ बजेसम्मको अपडेटअनुसार गत २४ घण्टामा भक्तपुरको नगरकोटमा १४२.२ मिलिमिटर वर्षा भएको हो।

सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद्को भाषामा धेरै भारी वर्षा भनिन्छ। 

यसैगरी विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका अन्य २ स्थानमा भारी वर्षा भएको छ।

मौसम महाशाखाको वर्षा विवरणअनुसार काठमाडौँको धापड्याममा ७८ मिलिमिटर र  ललितपुरको शंखुमा ५३.४ मिलिमिटर वर्षा भएको हो। 

५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .