ad ad

बागमती


हेटौँडामा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते

हेटौँडामा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते

हेटौँडाको मास्टरचोकमा शुक्रबार बिहान ग्यास बुलेटको ठक्करले कुच्चिएको कार।


नेपालखबर
भदौ ७, २०८१ शुक्रबार ८:१५, हेटौँडा

मकवानपुरमा आज बिहान ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर-९ मास्टरचोकमा ग्यास बुलेटको ठक्करले कारमा सवार तीन जना घाइते भएका हुन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको एनएल ०१ एल २९७१ नम्बरको भारतीय  ग्यास बुलेटले हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर  दिएको हो। 

कारलाई ठक्कर दिएको ग्यास बुलेट (बायाँ)

दुर्घटनामा कारमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले बताए।

उनका अनुसार कार चालक जिल्ला स्याङ्जा अरुणचौपाही नगरपालिका वडा नम्बर-१ बस्ने ३३ वर्षीय चुँडाबहादुर विष्ट, कारमा सवार कास्की पोखरा महानगरपालिका वडा नम्बर-११, बस्ने ६३ वर्षीय पूरण श्रेष्ठ र लमजुङ बेँसीसहर नगरपालिका वडा नम्बर–८ बस्ने १७ वर्षीया नेहा राना मगर घाइते भएका हुन्।

घाइते तीनैजनाको हेटौँडा-१ स्थित सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीनैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको डीएसपी भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .