ad ad

बागमती


बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा


नेपालखबर
साउन १३, २०८१ आइतबार १३:९, हेटौँडा

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले यही साउन १५ गते विश्वासको मत लिने भएका छन्।

गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त लामाले आउँदो मंगलबार प्रदेश सभामा विश्वासको मत माग्ने भएका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम मुख्यमन्त्री लामाले विश्वासको मत लिने भएका हुन्। 

यसका लागि साउन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कूल ६४ सांसद छन्। 

११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक्षमा भए पुग्छ। त्यसैले मुख्यमन्त्री लामाले विश्वासको मत पाउने निश्चित छ।

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा कुल ११० प्रदेश सभा सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .