ad ad

बागमती


बालेनलाई बोलीमा लगाम लगाउन सुनिताले दिएको सुझाव भाइरल (भिडिओ)

बालेनलाई बोलीमा लगाम लगाउन सुनिताले दिएको सुझाव भाइरल (भिडिओ)

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल र मेयर बालेन्द्र शाह (बालेन)


नेपालखबर
असार ११, २०८१ मंगलबार ८:५५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर (प्रमुख) बालेन्द्र शाह (बालेन) लाई नगरसभा सदस्यदेखि उपमेयर (उपप्रमुख) सुनिता डंगोलसम्मले पदीय मर्यादाभित्र रहेर अभिव्यक्ति दिन सुझाव दिएका छन्। 

सोमबार आयोजित काठमाडौँ महानगरपालिकाको १५औँ अधिवेशनका क्रममा मेयर बालेनले खासगरी सामाजिक सञ्जालमा लेख्ने गरेका उत्तेजक अभिव्यक्तिको आलोचना भएको हो। 

महानगरपालिकाकी उपप्रमुख डंगोलले भनिन्, ‘फरक मत सबैतिर हुन्छ। फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ। राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौँ। यो उदाहरण दिने सँगसँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ। प्रमुखज्यूलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु- ‘तपाईं मजस्ता राजनीतिमा आउने व्यक्तिहरूले व्यक्तिभन्दा माथि उठेर पनि सोच्नुपर्छ।’

उनले थपिन्, ‘पदमा बसिसकेपछि पदको मयार्दलाई ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ। त्यो उदाहरण कसैले होइन, तपाईं म र हामी सबैले बनाउनुपर्छ। हामी आफैँले उदाहरण बनाउन नसक्ने, मनमा जेजे आयो बोल्ने हो भने कपोलकल्पित कुरालाई आफ्नो अभिव्यक्ति बनाउने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ।’

उनले अगाडि भनिन्, ‘सिंहदरबार जलाउछु भन्नु ठीक होइन भने काठमाडौँको दरबार जलाउनु भनेर बोलिनु पनि ठीक होइन। यस्ता अभिव्यक्ति कदापि दिनु हुँदैन।’

अन्तिममा बोलेकी उपमेयर डंगोलको यो सुझाव सोही कार्यक्रममा यसअघि मेयर बालेनको आलोचना गर्दै बाेलेकी  नगरसभा सदस्य अनिता कार्की ढोलीलाई पनि थियो। 

नगरसभा सदस्य कार्की ढोलीले भनेकी थिइन्, ‘प्रमुखज्यू जुन कुर्सीमा बसिराख्नु भएको छ, त्यो कुर्सीको अधिकार संविधान र कानुनले निर्धारण गरेको हो। जुन अधिकार सिंहदरबारले दिएको हो। कसैले पनि व्यक्तिगत रिसइबी साँध्न सिंहदरबार जलाउँछु भन्नुभयो। यदि तपाईंले ऐस‍आराम गरेर बस्ने भव्य दरबार महानगरवासीले जलाए भने के हुन्छ? यसबारे केही सोच्नुभएको छ? दलहरूको विकल्प दलहरू नै हुन सक्छन्, कोही एउटा व्यक्ति हुँदैन।’

मेयर शाहले केही महिनाअघि अस्पतालबाट आफ्नै सरकारी गाडीमा फर्किरहेकी पत्नीलाई ट्राफिक प्रहरीले रोकेको रिसमा सिंहदरबार जलाउँछु भनी स्टाटस लेखेका थिए।

त्यही बेला पनि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो। त्यसपछि उनले स्टाटस हटाएका थिए। 

अहिले उपमेयर डंगोलले उनलाई बोलीमा लगाम लगाउन दिएको सुझावको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

हर्नुहोस् त्यो भिडिओ-


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .