धादिङको सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्यको मृत्यु भएको छ।
प्रहरीका अनुसार ज १ ज ४४४ नम्बरको टाटा सुमो बुधबार राति ८ बजे सडकबाट झन्डै ३०० मिटर खस्दा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोकबहादुर गुरुङको मृत्यु भएको हो।
गुरुङलाई घटनास्थलबाट उद्धार गरी धादिङ अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उनी नेकपा एकीकृत समाजवादी धादिङ जिल्ला कार्यसमितिका सदस्य हुन्।
दुर्घटनामा खिर्रेका ५५ वर्षीय जीवन श्रेष्ठ (कृष्णमान) घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जानएको छ।
696
Shares
प्रतिक्रिया