ad ad

बागमती


फिस्लिङ दुर्घटना अपडेट : घाइते कार चालकको मृत्यु, २ जनाको अवस्था गम्भीर

फिस्लिङ दुर्घटना अपडेट : घाइते कार चालकको मृत्यु, २ जनाको अवस्था गम्भीर

दुर्घटनामा परेको कार। तस्बिर : रासस


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १४:९, हेटौँडा

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङ बजारनजिकै आज (शुक्रबार) बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ। 

कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार घाइतेमध्ये काठमाडौँको टोखा नगरपालिका–६ का २२ वर्षीय शेखर मिश्र र ललितपुर महानगरपालिका-२४ बस्ने २१ वर्षीय सिर्जन ओझाको अवस्था चिन्ताजनक छ। 

बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९ च ३७२० नम्बरको कार एकापसमा ठोकिएका हुन्। दुर्घटनामा १३ जना घाइते भएका छन्।

चार जना भने उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ।

कारसँग ठोकिएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .