ad ad

बागमती


आज पनि ‘रेकर्ड ब्रेक’ गर्‍यो काठमाडौँको न्यूनतम तापक्रमले, कति पुग्यो?

आज पनि ‘रेकर्ड ब्रेक’ गर्‍यो काठमाडौँको न्यूनतम तापक्रमले, कति पुग्यो?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार ६:५८, काठमाडौँ

तीन दिनयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार बढिरहेको छ।

यस क्रममा आज (शुक्रबार) काठमाडौँ उपत्यकाको न्यूनतम २३ डिग्री सेल्सियसभन्दा पनि माथि उक्लिएको छ।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज बिहान ५:४५ बजेको रेकर्डमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २३.२ डिग्री सेल्सियस देखिएको हो। 

‘उपत्यकका लागि यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै उच्च हो’, उनले भने। 

हिजो अर्थात् बिहीबार यही समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २२.२ डिग्री सेल्सियस थियो।

तर पछि बिहान ८:४५ बजेको आधिकारिक अपडेटमा थोरै घटेर २२ डिग्री सेल्सियस कायम भएको थियो।

आज पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट हुनेछ। त्यतिबेला थोरै घट्न सक्ने सम्भावना हुन्छ। 

मौसमविद्का अनुसार राति आकाश बादलले ड्याम्म ढाक्यो तर पानी परेन भने गर्मी हुन्छ र बिहान न्यूनतम तापक्रम बढ्छ।

राति आकाश सफा रह्यो अथवा बादल लागेर पनि पानी पर्‍यो भनेचाहिँ बिहान न्यूनतम तापक्रम घट्छ।

मौसमविद् अर्यालका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

काठमाडौँमा आज वर्षाको सम्भावना कति? 
आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् मीनकुमार अर्यालयका अनुसार अहिले बिहानदेखि नै काठमाडौँ उपत्यकाको मौसम बदली (आकाशमा बादल) भएको छ।

‘दिउँसो, अपराह्न वा साँझसम्ममा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले भने, ‘हिजो अस्तिको भन्दा आज उपत्यकामा पानी पर्ने सम्भावना अलि बढी नै देखिएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .