बागमती प्रदेश सभा संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
संसदीय समितिका ६ जना सभापतिले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभापतिहरूलाई शपथ ग्रहण गराए।
प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिको सभापति नुरज बज्राचार्य, प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमालेका हुन् भने शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्रका सांसद हुन्।
यस्तै, प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने कांग्रेसबाट निर्वाचित सांसद हुन्। अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समितिको सभापति शर्मा नेकपा एकीकृत समाजवादीका सांसद हुन्।
प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएको डेढ वर्षपछि विषयगत संसदीय समितिहरूले पूर्णता पाएका हुन्।
Shares

प्रतिक्रिया