बागमती


पानी परेपछि घट्यो काठमाडौँको तापक्रम

पानी परेपछि घट्यो काठमाडौँको तापक्रम

नेपालखबर
जेठ ७, २०८१ सोमबार १३:१८, काठमाडौँ

बिहानैदेखि वर्षा भएका कारण पछिल्लो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। 

आज (सोमबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.५ डिग्री सेल्सियस मापन भएको  थियो। जुन काठमाडौँ उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै उच्च न्यूनतम तापक्रम थियो। 

तर पछि बिहान ८:४५ बजेको मापनमा घटेर काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६.७ डिग्री सेल्सियसमा झरेको हो।

मौसमविद्का अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम पछिल्लो नै हो। 

आज उपत्यकाको अधिकतम तापक्रम पनि घट्ने अनुमान मौसमविद्ले गरेका छन्। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। 

हिजो आइतबार उपत्यकाको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस थियो भने गत शनिबार (जेठ ५ गते) उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै उच्च ३३.६ डिग्री सेल्सियस पुगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad