ad ad

बागमती


बागमतीका मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै (लाइभ)


नेपालखबर
चैत १९ , काठमाडौँ

बागमती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिँदै छन्। 

सोमबार दिउँसो ३ बजेलाई डाकिएको प्रदेशसभाको बैठक करिब २ घण्टा ढिलागरी सुरु भएपछि दलकोतर्फबाट पक्ष विपक्षमा बोल्ने क्रम जारी छ।

मुख्यमन्त्री कट्टेलले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्नेबारे राखेको प्रस्तावमाथि धारणा राख्ने क्रम भइरहेको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई अन्तिम समयमा विश्वासको मत दिने निर्णय लिएको थियो। 

लिखित सहमति नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने अडान लिएको समाजवादी अन्तत: बागमतीमा पनि नयाँ गठबन्धनमा मिसिन तयार भएको थिय। पार्टी केन्द्रले तेस्रो पटक विश्वासको मत लिन लागेका मुख्मन्त्री जम्कट्टेलको पक्षमा मत दिन निर्देशन दिएको थियो।

सोमबार सत्तारुढ दलका शीर्ष तहका नेताहरूको बैठकले बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको दिन निर्देशन दिएको थियो।

तर विश्वासको मत लिने सभामा सत्तारुढ दल समाजवादीकी सांसद रमा आलेमगर प्रदेश सभा भवनमा प्रवेश नगरेपछि बैठकको समय नै सारिएको थियो। 

११० प्रदेश सभा सदस्य रहेको बागमतीमा ५६ समर्थन जुट्ने सम्भावना क्षीण देखिएपछि केही आलेमगरलाई पर्खनकै लागि बैठक केहीबेर पर धकेलिएको थियो। 

मुख्यमन्त्रीलाई एमालेको २७, माओवादीको २१, नेकपा एसको ७ र हाम्रो नेपाली पार्टीको २ गरी ५७ मत प्राप्त हुने आकलन थियो। तर प्रदेश सभामा नेकपा एसकी सांसद आलेमगर बैठक समयमा नआइपुगेपछि समय सारिएको थियो। अहिले विश्वासको मतको प्रक्रिया अघि बढिसकेको छ। 

चैत १९, २०८० सोमबार १७:५७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .