बागमती


काठमाडौँ उपत्यकामा हावाहुरी चल्ने सम्भावना

काठमाडौँ उपत्यकामा हावाहुरी चल्ने सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
चैत १८, २०८० आइतबार १७:५७, काठमाडौँ

काठमाडौँ उपत्यकामा अहिले (आइतबार) साँझ हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौँ उपत्यकाको उत्तरी क्षेत्रमा हावाहुरी, मेघगर्जन तथा चट्याङको सम्भावना देखिएको हो।

‘हावाहुरी उपत्यकाका सबै स्थानमा आउने होइन, खासगरी उत्तरी भूभागमा आउने सम्भावना देखिएको छ’, आइतबार साँझ उनले भनिन्, ‘हावाहुरीसँगै चट्याङ र छिटपुट वर्षाको पनि सम्भावना देखिएको छ।’

तर हावाहुरी धेरै बरे चल्ने सम्भावना नरहेको उनको भनाइ छ। हिजो शनिबार साँझ पनि काठमाडौँ उपत्यकामा हावाहुरी आएको थियो। 

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा बिहान ५ बजेर ५५ मिनेटमा सूर्य उदाएको थियो भने अब साँझ ६ बजेर २१ मिनेटमा अस्ताउनेछ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .