बागमती


आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कति?

आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कति?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
चैत १८, २०८० आइतबार ७:१३, काठमाडौँ

आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज उपत्यकामा घाम लाग्ने सम्भावना छ। आंशिक बदली भनेको आकाशमा अलिअलि बादल पनि देखिनु हो। 

मौसम महाशाखाले आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना निकै कम देखाएको छ। महाशाखाका अनुसार आज उपत्यकामा पानी पर्ने सम्भावना १० प्रतिशत मात्रै छ। 

‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम नै छ’, मौसमविद् झाले भने। 

उनका अनुसार शनिबार बेलुकीपख भने काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको थियो। आजलाई उपत्यकामा रातिलाई वर्षाको सम्भावना नदेखिएको मौसम महाशाखाले जनाएको छ। 

यसैबीच आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.० डिग्री सेल्सियस देखिएको छ। तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिन्छ। 

मौसम महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। 

महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा बिहान ५ बजेर ५५ मिनेटमा सूर्य उदाएको थियो भने अब साँझ ६ बजेर २१ मिनेटमा अस्ताउनेछ।   

मुलुकभरको मौसमका लागिपहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .