बागमती


बागमती सरकारमा आज एमाले भित्रिँदै, जगन्नाथ थपलिया अर्थमन्त्री बन्दै

बागमती सरकारमा आज एमाले भित्रिँदै, जगन्नाथ थपलिया अर्थमन्त्री बन्दै

जगन्नाथ थपलिया


सुनिता विष्ट
चैत १७, २०८० शनिबार १०:४२, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज नेकपा एमालेलाई सरकारमा सहभागी गराउने भएका छन्।

उनले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने भएको हो।

थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

थपलियाको पद तथा गोपनीयताको शपथ आजै साँझ ५ बजेका लागि तय भएको बताइएको छ।

योसँगै थपलिया दोस्रोपटक प्रदेशका अर्थमन्त्रीमा नियुक्त हुने भएका हुन्।

यसअघि गत २६ पुस २०७९ मा पनि मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई अर्थमन्त्री नियुक्त गरेका थिए।

बागमती प्रदेशमा नयाँ सत्ता गठबन्धनअनुसार सरकार विस्तार गर्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .